सन् २००९ अक्टोबर २३ का दिन काठमाडौं विश्वाबिद्यालयबाट स्नातक तहको एलेक्ट्रिकल एन्ड एलेक्ट्रोनिक सन्कायमा दिक्षित भइयो। दिक्षान्त सम्हारोहको 'टपर लिस्ट'मा नाम आउँदा दङ परेको अझै याद छ मलाई। आफुले देख्नसाथ बाबु-आमालाई देखाएको थिए। हुन त म आफुमा 'टपर' को केही गुन छैन जस्तो लाग्छ तैपनी आफुले केही राम्रो गर्यो भने अथवा केही राम्रो पायो भने, भगवानलाई सम्झिन्छन। मैले पनि त्यही गरे। मेरो बाबु-आमा नै मेरालागी भगवान हुन। त्यस्पछी एक बर्ष काठमाडौं विश्वाबिद्यालयमै पढाए। मैले कोर्समा भएको मात्र हैन, मेरा विद्यार्थीलाई ब्यहावार पनि सिकाए। आफुलाई आउने, आफुले सक्ने सबै दिए। अब उनिहरुले कत्तिको लिए, उनिहरु नै जानुन। त्यस्पछी उच्च शिक्षा हासिल गर्न बिदेश तिर होमिए। आल्तो युनिभर्सिटी (हेल्सिन्की युनिभर्सिटी अफ टेक्नोलोगी)मा एउटा सेमेस्टर पनि सकियो।
दोश्रो सेमेस्टरको पहिलो क्लास, म पुग्दा प्रोफेसर क्लासमा पुगिसकेका थिए। एलेक्ट्रिसिटी डिस्ट्रिबुसन एन्ड मार्केट्स भन्ने कोर्सका ठुलै प्रोफेसर थिए। एक्छिन पछी उन्ले सबैसँग परिचय गर्न थाले। ईन्डिया, पाकिस्तान, इटली, तुर्की, जर्मनी, ब्राजिल, लिथुअनिया इत्यदी देशका विद्यार्थीहरु पनि थिए। मेरो पालो आयो। मैले आफ्नो पुरा नाम भनेपछी म नेपाल बाट हो भने। बिदेश्मा कसैलाई आफ्नो देशको नाम भन्दा, उस्लाई कत्तिको थाहा रइछ आफ्नो देशको बारेमा भन्ने हुदो रहेछ। "कतै उस्ले नाम नै सुनेको छैन कि?, सगरमाथाको देश भनेर सुनेकै होला नि!, कि गौतम बुद्धको बारेमा थाहा होला?, न विश्वको गरीब देश भनेर मात्र पो चिन्छ कि?, कतै पहिले शान्तिक्षेत्र र द्वन्दकाल पछीको हिन्सा-क्षेत्र भनेर चिन्दो हो? यस्ता अनेकौ प्रश्न मनमा आउनेगर्छ। त्यैभएर कसैलाई आफ्नो देशको नाम भन्दा उस्को अनुहारको अभिब्यक्ती बिचार गर्न मनलाग्छ। उस्ले आफ्नो देश्लाई कसरी चिन्या रइछ भन्ने कुरा त्यसइबाट अनुमान लगाउन सकिन्छ। प्रोफेसरलाई म नेपालबाट हो भनेपछी उन्ले अनुहारबाट खासै केही प्रतिकृया दिएनन, शायद उन्ले नाम बहेक अरु केही सुन्या छ्न जस्तो लागेन। त्यस्पछी उन्ले पढाउन थाले। एक्छिन पछी उन्ले मतिर फर्केर नेपालमा बिध्युत बिकास कस्तो छ भनेर सोधे। म स्तब्द भए। कस्तो बिकास छ भनेर भन्नु। कि बिकास नै छैन भनुम। कती जनताहरु बिध्युतको पहुचमा छन भनेर फेरी अर्को प्रश्न सोधिहाले उन्ले। उन्को मुखबाट दोश्रो प्रश्न खस्न नपाउदै म बोले। "मेरो देशको बारेमा भन्नुपर्दा, हामी एक्दम नराम्रो स्थितीमा छौ। आजको मितीमा हामी दिनको १४ घण्टा बिध्युतबाट बन्चित हुन्छौ।"
मेरो कुरा सुनेर उनी छक्क परे।
"साच्चै?"
"हामी मुलरूपमा जल्बिध्युतमा भर पर्छौ।" मैले प्रस्ट्याउन खोजे। "हाम्रा जल-बिध्युत प्रोजेक्टहरु प्राय सबै 'रन अफ रिभर टाईप' छन, हामीसँग 'स्टोरेज प्ल्यान्ट' हरु न्युन छन। र यही कारनले बर्षाको बेला हामीसँग पर्याप्त बिजुली हुन्छ र हिउदमा कारीब १८ घण्टा सम्म लोड-शेडिङ हुन्छ।"
यती भनुन्जेल मनमा गाठो पेरिसकेको थियो। मैले झुटो बोलेर स्थिती राम्रै छ भनेको भये नि हुन्थ्यो जस्तो लाग्यो। तर सत्य त्यही थियो, मलाई लुकाउन मन लागेन। आलु खाएर पेडाको धाक के लगाउनु। फेरी यो सन्धर्बमा हामीले आलु त के आलुको बोक्रा पनि खान पाएका छैनौ। उन्ले बरु मलाई नेपालको प्राकृतिक सौन्दर्यताको बारेमा सोध्या भए पेडा मात्र हैन हामी सबै रसबरी नै खाँदै छौ भन्न हुन्थ्यो।
साच्चै हामीले एक शताब्दीमा के नै प्रगती गर्यौ र? बिध्युत बिकास सुरु भएको एक शताब्दी पुगेको कार्यक्रम मनाइरख्दा पनि कतीपय ठाउँमा लोड-शेडिङ थियो। के हामीले प्रगती गर्नै नसक्ने हो त? हामीमा क्षमता नै नभाको हो? लोड्-शेडिङ सुरु भएको यतिका बर्ष भएर स्थिती यती भयावह हुँदा पनि खै त सरोकारवालहरुको ध्यान गएको? म स्नातक पहिलो बर्षमा हुँदा नै EIA Study(Environmental Impact Assessment/ बातावरणइय प्रभाव मुल्याङ्कन) भैसकेको माथिल्लो तामकोशी जलबिध्युत पारीयोजनाको मात्रै काम सुचारु रुपले भएको भए आज हामी लोड्-शेडिङ मुक्त हुन्थ्यौ होला र मेरो मन यस्तो खिन्न हुन पाउथेन होला।
प्रोफेसरले त्यही प्रश्न अरु राष्ट्रका मित्रहरुलाई सोध्न थाले। उनिहरुको जवाफ तिर मेरो ध्यान नै गएन। मनमा त्यस्तै खिन्न बनाउने प्रश्नहरु रुमल्लिन थालयो। छेउमा गणेश दाई हुनुहुन्थ्यो। शायद उहालाई पनि त्यस्तै भाईराख्या हुनुपर्छ जस्तो लाग्यो। शायद प्रोफेसरले मलाई त्यो प्रश्न नसोधेर गणेश दाईलाई सोध्या भए अली राम्रो उत्तर दिनुहुन्थ्यो कि। तर गणेश दाईले पनि जे छ त्यही त भन्नुहुन्थ्यो होला नि, मैले पनि जे छ त्यही भन्या हो। मनमा यस्तै प्रश्न खेलौदैथिए, एक्कासी प्रोफेसरले मलाई सोधेको दोश्रो प्रश्न याद आयो। कती जनताहरु बिध्युतको पहुचमा छन? यही थियो उन्को दोश्रो प्रश्न। यदी जनतामा पहुचको हिसाबमा हेर्ने हो भने त हामी धेरै पछाडि छैनौ। मैले तुरुन्त हात उठाये। प्रोफेसरले मलाई हेरे।
"हाम्रो देशको भौगोलिक स्थितिलाई मध्यनजर गर्दै ठुलो जल-बिध्युत पारीयोजनहरु अत्यधिक महँगो पर्ने भएकोले हामीले साना तथा नबिकरनिय उर्जा (Renewable Energy Source) को बिकासमा धेरै ध्यान दिएका छौ। त्यहिभएर, बिध्युतबाट बन्चित हुने जनता प्राय शहरी भाग र राष्ट्रिय ग्रिड पुगेको ठाउँ मात्र हो। नभए त ग्रामीण भेग र बिकट ठाउँहरुमा लघु जल-बिध्युत योजना (small and micro-hydro) र मिनिग्रिडको बिकासले गर्दा बिद्युत पहुच भएका जनताको प्रतिशत राम्रै छ।"
यती भनिसकेपछी मैले बल्ल लामो सास फेर्न सके। मन अली हलुको भयो। मनमा अघी सर्प सल्बलाएजस्तो सल्बालाइरहेका प्रश्नहरु पनि हराए। शायद मैले पछी भनेका कुराहरु ती प्रश्नहरुको लागि कुनै जादुगरको लठ्ठीजस्तो भयो। प्रश्नहरु आँखा चिम्लिनसाथ हराए सरि हराए।
"हामी जुन कुरामा बल्ल बिकास गर्दैछौ, तिमीहरु त्यस्मा अनुभवी राइछौ।", प्रोफेसरले थपे। उनको अन्तिम वाक्यले मन झन आनन्दित भयो। त्यस्पछी क्लासको बाँकी समय राम्ररी पढियो।
क्लास सकिएपछी घर फर्किए। ल्यापटप अन गरेर नागरिकन्युजको वेबसाईट खोले समाचार पढ्न। 'माओवादी अबरोधका माथिल्लो तमकोशिको सिल्यानाश कार्यक्रम स्थगित।' हेडलाईन यस्तो थियो। मलाई अबरोधको कारण पढ्न मनलागेन। त्यस्पछी ल्यापटपमा गीत बजाएर सुते।
गीत बजिरह्यो।
".....अल इन् अल इट्स जस्ट अनदर ब्रिक इन् द वाल.."
Written By :
Er. Bishal Silwal