मेरो नाम डेस्क हो । हुन त एक्कैसौं शताब्दिमा मेरो कुनै मुल्य छैन तर आज भन्दा करोडौं बर्ष उता हाम्रो पनि एउटा घर हुने गर्थ्यो; “पृथ्वी”, जब आजका भयानक दुईखुट्टे प्राणिको कुनै अस्तित्व थिएन । पुर्वजका कुरा एक कान दुइ कान मैदान हुँदै आएको evidence अनुसार हामिहरु नै यस पृथ्वी मा राज गर्ने गर्थ्यौं अरे । हामी सबै खुशीपूर्ण जिवन ब्यतित गर्ने गर्थ्यौं । हाम्रो परिवारले; ऐलेका मानवहरुले आफ्नो सुरक्षाका निम्ती राखेका घरपालुवा जनावर जस्तै हाम्रा पनि घरपालुवा जनावर हुनेगर्थ्यो जस्तै: बाघ्, भालु आदी इत्यादि, र खुशीपुर्वक बस्ने गर्थ्यौं ।
एकदिनको कुरा हो; भयानक तरिकाले बिजुली कद्किदैंथियो, पानी पनि मुसल्धारे पर्दैथियो । हामी सबै बच्चाहरु डरले कामिरहेकाथियौं । आमा-बाबाले हामिलाई शान्त राख्न खोज्नु भैरहेकोथियो । केही दृश्य देखिने अवस्थामा थिएन र तेतिकैमा परतिर हाम्रै घाँसमा एउटा कोश (cell) गुणा भैरहेको कुरा हाम्रा घाँसहरु मार्फत हामिले थाहा पाएकाथियौं र ति कोषहरु गुना हुँदै एउटा प्रकार दिदैथियो जुन हामिले पनि देख्न सक्थ्यौ र ति प्रकारहरु एउटा अचम्म खाले प्राणिमा परिणत भएको थियो । पशु हो कि पंशी हो थाहा थिएन । नियालेर हेर्दा त्यो दुइ खुट्टामा उभिन सक्ने रहेछ । बादलको गड्गडाहटका कारण त्यो प्राणी हाम्रो संसारमा आएको होला भन्ने अनुमान गर्यौं । तसर्थ हामिले उसको नाम ADAM राख्यौं । यसै अन्तर्गत हामिले थाहा पायौंकी पृथ्वीको अर्को कुनामा पनि एस्तै घटना घटेकोरहेछ । साँझमा फेला परेको कारण उसको नाम EVE राख्यो । हामिले त्यो प्राणिलाई स्नेहपुर्वक सम्हालेका थियौं । छलफल हुँदै जाँदा हामिले एउटा निधो गर्यौं कि दुइ खुट्टामा उभिने र बाहिरी आकारमा पनि उस्तै जिउडाल भएको कारणले हामिले तीनिहरुलाई भेट गरार्यौं । तेसपछी हामिले थाहा पाए अनुसार उनिहरुको आत्मियता बध्दैगयो । दुइको बिचमा प्रेमको सम्बन्ध प्रगाढ रुपले बध्दै गयो । त्यो प्रेमले उनिहरु जस्तै धेरै प्राणिलाई जन्म दियो । उनिहरुको जन्संख्या बध्दै गयो । जन्संख्यासँगै उनिहरुको आवस्यकता पनि बध्दै गयो । हामी भन्दा निकै बुद्धिमानी भएका कारण उनिहरुले “आगो”को निर्मान गरे । आफु बस्ने परिधी बढाउँदै गए । आफ्नो शक्तिको नाजायज फाइदा उठाउँने क्रममा हामिलाई नै आफ्नो परिवारबाट हताए । हामिले सुरक्षाका निम्ती पालेका घरपालुवा जनावरलाई आफ्नो स्वाद र वस्त्रका निम्ती संहार गर्दै गए । जती माया हामिले दिएका थियौं त्यस्को ठीक बिपरितमा उनिहरुले हामिलाई घृणा दियो । आफ्नो स्वतन्त्र देश निर्माणका लागी हाम्रा बुढा-पाखा रुखलाई काट्न थाले । बिस्तारै हामिलाई आफ्नो परिवारबाट टाढा गरिदिए । एकतर्फबाट भन्नु पर्दा हामिलाई निर्जिव प्राणी जस्तो व्यवहार गर्न थाले । उनिहरुको भोक अझै नमेटिदा हामिलाई पूर्णरुपले फदानी गरे । आफ्नो सहुलियतका लागी हामिलाई आफ्नो आरामदायी वस्तुमा परिणत गरे । कसैलाई खाट त कसैलाई कुर्सि, कसैलाई सोफा त कसैलाई पुस्तकमा बदले । तेसै अन्तर्गत आज हाम्रो जन्संख्या एक्दमै न्युन भएकोछ । कुनै दिन यस्तो आउला कि आफ्नो जनसंख्या बढाउने क्रम र आरामदायी बनाउनलाई हामिलाई नै लोप गर्लान् ।
हिजोको राजकिय भार चलौने मेरा पुस्ता, आज म, डेस्क, जस्तो निर्जिव प्राणि भएर बाँचिरहेकाछन् । हामिसँग यो पृथ्वी हाम्रो हो भन्ने कुनै कागजिय प्रमाण छैन किनकी हामी आफ्नो अस्तित्वको प्रमाण दिन आफुलाई काट्न सक्दैनौ।
prachan ko dimaag!
ReplyDelete