About Me

My photo
Sometimes harsh. . . Sometimes restless but most of the time Joyful... Thats the way to live your life... Its my thought... Gaurav here!

Wednesday, July 6, 2011

कथा निर्जिव प्राणीको


मेरो  नाम डेस्क हो हुन एक्कैसौं शताब्दिमा मेरो कुनै मुल्य छैन तर आज भन्दा करोडौं बर्ष उता हाम्रो पनि एउटा घर हुने गर्थ्यो; “पृथ्वी”, जब आजका भयानक दुईखुट्टे प्राणिको कुनै अस्तित्व थिएन पुर्वजका कुरा एक कान दुइ कान मैदान हुँदै आएको evidence अनुसार हामिहरु नै यस पृथ्वी मा राज गर्ने गर्थ्यौं अरे हामी सबै खुशीपूर्ण जिवन ब्यतित गर्ने गर्थ्यौं हाम्रो परिवारले; ऐलेका मानवहरुले आफ्नो सुरक्षाका निम्ती राखेका घरपालुवा जनावर जस्तै हाम्रा पनि घरपालुवा जनावर हुनेगर्थ्यो जस्तै: बाघ्, भालु आदी इत्यादि, र खुशीपुर्वक बस्ने गर्थ्यौं

एकदिनको कुरा हो; भयानक तरिकाले बिजुली कद्किदैंथियो, पानी पनि मुसल्धारे पर्दैथियो हामी सबै बच्चाहरु डरले कामिरहेकाथियौं आमा-बाबाले हामिलाई शान्त राख्न खोज्नु भैरहेकोथियो केही दृश्य देखिने अवस्थामा थिएन तेतिकैमा परतिर हाम्रै घाँसमा एउटा कोश (cell) गुणा भैरहेको कुरा हाम्रा घाँसहरु मार्फत हामिले थाहा पाएकाथियौं ति कोषहरु गुना हुँदै एउटा प्रकार दिदैथियो जुन हामिले पनि देख्न सक्थ्यौ ति प्रकारहरु  एउटा अचम्म खाले प्राणिमा परिणत भएको थियो पशु हो कि पंशी हो थाहा थिएन नियालेर हेर्दा त्यो दुइ खुट्टामा उभिन सक्ने रहेछ बादलको गड्गडाहटका कारण त्यो प्राणी हाम्रो संसारमा आएको होला भन्ने अनुमान गर्यौं तसर्थ हामिले उसको नाम ADAM राख्यौं । यसै अन्तर्गत हामिले थाहा पायौंकी पृथ्वीको अर्को कुनामा पनि एस्तै घटना घटेकोरहेछ । साँझमा फेला परेको कारण उसको नाम EVE राख्यो । हामिले त्यो प्राणिलाई स्नेहपुर्वक सम्हालेका थियौं । छलफल हुँदै जाँदा हामिले एउटा निधो गर्यौं कि दुइ खुट्टामा उभिने र बाहिरी आकारमा पनि उस्तै जिउडाल भएको कारणले हामिले तीनिहरुलाई भेट गरार्यौं । तेसपछी हामिले थाहा पाए अनुसार उनिहरुको आत्मियता बध्दैगयो । दुइको बिचमा प्रेमको सम्बन्ध प्रगाढ रुपले बध्दै गयो ।  त्यो प्रेमले उनिहरु जस्तै धेरै प्राणिलाई जन्म दियो । उनिहरुको जन्संख्या बध्दै गयो । जन्संख्यासँगै  उनिहरुको आवस्यकता पनि बध्दै गयो । हामी भन्दा निकै बुद्धिमानी भएका कारण उनिहरुले “आगोको निर्मान गरे । आफु बस्ने परिधी बढाउँदै गए । आफ्नो शक्तिको नाजायज फाइदा उठाउँने क्रममा हामिलाई नै आफ्नो परिवारबाट हताए । हामिले सुरक्षाका निम्ती पालेका घरपालुवा जनावरलाई आफ्नो स्वाद र वस्त्रका निम्ती संहार गर्दै गए । जती माया हामिले दिएका थियौं त्यस्को ठीक बिपरितमा उनिहरुले हामिलाई घृणा दियो ।  आफ्नो स्वतन्त्र देश निर्माणका लागी हाम्रा बुढा-पाखा रुखलाई काट्न थाले । बिस्तारै हामिलाई आफ्नो परिवारबाट टाढा गरिदिए । एकतर्फबाट भन्नु पर्दा हामिलाई निर्जिव प्राणी जस्तो व्यवहार गर्न थाले । उनिहरुको भोक अझै नमेटिदा हामिलाई पूर्णरुपले फदानी गरे । आफ्नो सहुलियतका लागी हामिलाई आफ्नो आरामदायी वस्तुमा परिणत गरे । कसैलाई खाट त कसैलाई कुर्सि, कसैलाई सोफा त कसैलाई पुस्तकमा बदले । तेसै अन्तर्गत आज हाम्रो जन्संख्या एक्दमै न्युन भएकोछ । कुनै दिन यस्तो आउला कि आफ्नो जनसंख्या बढाउने क्रम र आरामदायी बनाउनलाई हामिलाई नै लोप गर्लान् ।

हिजोको राजकिय भार चलौने मेरा पुस्ता, आज म, डेस्क, जस्तो निर्जिव प्राणि भएर बाँचिरहेकाछन् हामिसँग यो पृथ्वी  हाम्रो हो भन्ने कुनै कागजिय प्रमाण छैन किनकी हामी आफ्नो अस्तित्वको प्रमाण दिन आफुलाई काट्न सक्दैनौ।   

1 comment: